
पुष ०१, पर्सा । बहुदरा माई नगरपालिका वार्ड नं. ५ भौराटार तथा वीरगञ्ज सामुदायिक अस्पतालमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया तिलगंगा आँखा प्रतिष्ठानका विशेषज्ञ चिकित्सक द्वारा सफलतापूर्वक सम्पन्न गरिएको छ। लायन्स क्लब वीरगञ्ज, लायन्स क्लब वीरगञ्ज सेन्ट्रल सिटी तथा जोन चेयरपर्सन डा.लक्ष्मी थापाको सहयोगमा सञ्चालन भएको शिविरमा चेकजाँच गराएका पोखरिया नगरपालिकाका आँखामा समस्या भएकाहरूको उल्लेखनीय सहभागिता रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता निजामुद्दिन सम्मानीले जानकारी दिएका छन। यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सम्बन्धित निकाय, स्वास्थ्यकर्मी, आयोजक संस्था जनमुखी युवा क्लबू भौराटारलगायत सहयोगी व्यक्तिहरूप्रति हार्दिक धन्यवाद नेता सम्मानीले आभार व्यक्त गरेका छन ।




















प्रतिक्रिया