
,काठमाडौँ : मधेश प्रदेश सभाका सभामुखका लागि पुस ६ गते आइतबार निर्वाचन हुने भएको छ। बुधबारको प्रदेश सभा बैठकमा उपसभामुख बबिता राउत ईशरले सभामुखका लागि निर्वाचन हुने जानकारी गराएकी हुन् । प्रदेश सभा कार्यसञ्चालन नियमावली २०७५ को नियम ७ बमोजिम सभामुखका लागि निर्वाचन हुन लागेको हो। यसका लागि उनले प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालालाई पुस ५ गते प्रदेश सभाको सभामुख निर्वाचनसम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन दिएकी छन्। पद अनुकुलको आचरण नगरेको भन्दै सातदलीय गठबन्धनले यसअघिका सभामुख रामचन्द्र मण्डललाई गत मंसिर ३ गते दुई तिहाइ बहुमतबाट हटाएका थिए। 




















प्रतिक्रिया