
पुष ०७, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीसँग विगतका सरकारले आफूमाथि प्रतिशोध लिएको बताउँदै त्यस्तो अन्याय नगर्न आग्रह गरेका छन्। आइतवार राति प्रधानमन्त्री कार्की र लामिछानेबीच बालुवाटारमा २ घण्टा भेटवार्ता भएको थियो। उक्त वार्तामा लामिछानेले यस्तो आग्रह गरेको रास्वपा नेत्री सोविता गौतमले जानकारी दिइन्। पार्टीका शीर्ष नेताहरू लिएर गएका लामिछानेले निर्वाचनको तयारी ढुक्कसँग गर्न र जेनजीसँगको सम्झौता दृढता साथ कार्यान्वयन गर्न प्रधानमन्त्री कार्कीलाई आग्रह गरेका थिए।
Advertisement

बैठकपछि पत्रकारसँग कुरा गर्दै गौतमले भनिन्‚ ‘हाम्रा सभापतिको प्रधानमन्त्री कार्कीसँग भेट भयो। भेटमा यसअघिका सरकारले गरेको राजनीतिक प्रतिशोध नगर्न आग्रह गर्ने थियो। साथै निर्वाचन लक्षित छलफल भयो।’




















प्रतिक्रिया