मधेश प्रदेश सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

२०८२ पुष ६, आइतबार : मधेश प्रदेश सभाको सभामुखमा सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आइतबार भएको प्रदेश सभामुख निर्वाचनमा प्रदेश सभामा उपस्थित ९६ जना प्रदेश सांसदमध्ये यादवको पक्षमा ७२ मत परेको छ भने विपक्षमा २४ मत परेको थियो। सातदलीय सत्तारूढ गठबन्धनको तर्फबाट जसपा नेपालका प्रमुख सचेतक यादवलाई सभामुख पदको उम्मेदवार बनाइएको थियो। प्रतिस्पर्धामा नेकपा एमालेका तर्फबाट त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गराएका थिए।

Advertisement

Advertisement