वीरगञ्ज, पुस १०, २०८२ । नेशनल प्याब्सन वीरगञ्जको आयोजनामा बुद्धि चाल प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल नेशनल प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा भएको प्रतियोगीता शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत विद्यानन्द प्रसाद यादवको विशेष उपस्थितीमा भएको कार्यक्रमका संयोजक हरिन्द्र प्रसाद कुशवाहा जानकारी दिनु भयो । औपचारीक कार्यक्रमको सहजीकरण काव्या एकेडेमीका प्रधानाध्यापक ममता कुशवाहाले गर्नु भएको थियो ।
प्रतियोगितामा प्राथमिक तहतर्फ जि.एच.पि विद्यालयका छात्र आयुष गुप्ता प्राथम, ज्ञान उदय विद्यालयकी छात्रा नितिन कानु द्वितीय, आईडिएल एकेडेमीकी रिदम राई तृतीय भएको बताईएको छ । यसैगरी माध्यमिक तहतर्फ डि.पि.एसका छात्र सिद्धार्थ श्रेष्ठ प्रथम, कादमबरी एकेडेमीका पियुष कुमार साह द्वितीय, सगरमाथा एकेडेमीका किशन साह तृतीय भएका छन । माध्यमिक+2 तहतर्फ ममता विद्यया मन्दिरका समित चौधरी प्रथम, डिसिमल पब्लिक कलेजका आयुष चौरसिया द्वितीय, दिल्ली पब्लिक स्कूलका सुमेधा खण्डेवाल तृतीय भएको बताईएको छ । विजेता तथा सहभागी सबै विद्यार्थीहरूलाई प्रमाण पत्र प्रदान गरिएको कार्यक्रमका संयोजक हरिन्द्र प्रसाद कुशवाहा जानकारी दिनु भयो । आयोजक संस्थाले बुद्धि चाल जस्ता बौद्धिक खेलले विद्यार्थीहरूको राजनीतिक सोच, अनुशासन र खेलभावनाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।
Advertisement
विजेता तथा सहभागी सबै विद्यार्थीहरूलाई प्रमाण पत्र प्रदान गरिएको कार्यक्रमका संयोजक हरिन्द्र प्रसाद कुशवाहा जानकारी दिनु भयो । आयोजक संस्थाले बुद्धि चाल जस्ता बौद्धिक खेलले विद्यार्थीहरूको राजनीतिक सोच, अनुशासन र खेलभावनाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।




















प्रतिक्रिया