एलाईड युथ सोसाइटीको आयोजनामा श्री माईस्थान विधापीठ माध्यमिक विद्यालयका विद्यार्थीहरु लाई हाँस्छ रुन्छ र बुझ्छ प्रेरक सत्र सम्पन्न।

 

अभिलाष गुप्ता
बिरगंज १० मंसिर पर्सा जिल्लाको बिरगंज महानगरपालिका स्थित बिरगंज पब्लिक कलेजको नया बिल्डिगमा सोमबारको दिन Allied Youth Society को आयोजनामा श्री माईस्थान विधापीठ माध्यमिक विद्यालयका कक्षा ९ र १० का बिद्यार्थी भाइबहिनीहरुको “हाँस्छ रुन्छ र बुझ्छ ” प्रेरक सत्र सम्पन्न भएको छ ।सो कार्यक्रमको प्रमुख अतिथी मधेश बिश्व बिधालयका उपकुलपति डा.दिपक शाक्य
को आतिथ्यमा एवम् अतिथीमा श्री माईस्थान विधापीठ माध्यमिक विद्यालयका शिक्षिका बसन्ती क्षेत्री, शिक्षक सोनालाल,युवा अभियानता एवम् संचारकर्मी अभिलाष गुप्ता,कार्यक्रम संयोजक अर्चना यादव लगाएतहरुको उपस्थितिमा कार्यक्रम
सम्पन्न भएको छ। आजको कार्यक्रममा मोटिभेसनल इसपीकर देवेश कुमार मानवसेवाले प्रशिक्षण दिएका थिए ।
सो कार्यक्रमको आयोजना Allied Youth Society का अध्यक्ष ओम कुमार झा , सदस्यहरु मनन्त महर, समिकक्षा चौरसिया, निभा पाल, आयुस गिरि , गौतम शर्मा,निराजन पाल,सन्नी श्रीवास्तव, अन्कित झा लगाएतहरुको पनि उपस्थिति रहेको थियो। सो कार्यक्रममा बिरगंज मानवसेवा आश्रमका संस्थापक अध्यक्ष एवम् मोटिभेसनल इसपीकर देवेश कुमार मानवसेवाका अनुसार हामीले धेरै बोर्डिङ स्कुल ठुलो ठुलो कलेजको सेमिनारमा पैसा लिईकन प्रोग्राम गरेको छु म लाई हृदय देखि नै सामुदायिक स्कुलमा त्यो पनि निशुल्कमा प्रोग्राम गर्न हृदय देखि नै मन भएकोले यो शुभ कार्य गर्न आज मौका पाएकोमा हृदय देखि नै आयोजक टिम लाई धन्यवाद समेत दिएका थिए। वहाले अगामी दिनमा पनि म लाई कुनै सामुदायिक बिधालयमा जानू परेमा कुनै फिस नलिईकन जाने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।सो कार्यक्रममा १८० जना माईस्थान विधापीठ माध्यमिक विद्यालयका कक्षा ९ र १० विद्यार्थीहरले भाग लिएका थिए।

Advertisement