एमालेका पूर्वसांसद बासुदेव घिमिरेले छाडे पार्टी

,काठमाडौं : नेकपा एमालेका पुर्व सांसद एवं तिलोत्तमा नगरपालिकाका पूर्व मेयर बासुदेव घिमिरेले पार्टी छोडेका छन्। घिमिरेले पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएको भन्दै उनले  एमालेको जिम्मेवारीदेखि अलग भएको घोषणा गरेका हुन्।  घिमिरे रास्वपा प्रवेश गर्न लागेको बताइएको छ। यद्यपि उनले यस बारेमा जानकारी दिएका छैनन्। उनले भनेका छन्– अहिले आम जनताको चाहना सुशासन, विकास, सम्वृद्वीका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि हो । देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो । देश प्रतिको अविचलित निष्ठा ,सुशासन, विकास र सम्वृद्वी राजनीतिको अनिवार्य शर्त हो। पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने  अवस्था नदेखिएकोले आजको दिन देखि म संगल्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको छु।’ उनले सुशासन, विकास, रोजगारीका साथ मुलुकलाई संवृद्विको यात्रामा अघि बढाउने अभियानमा इमान र निष्ठाका लागिरहने बताएका छन्।

Advertisement