पुस २६, पर्सा । आफनो अभिभावकको मान–सम्मानको रक्षा गर्ने जिम्मेवारी सबै बालबालिको रहेको प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन कुमार मिश्रले बताएका छन । वीरगञ्जको सेण्ट जोन माबिले आयोजना गरेको पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष मिश्रले अभिभावकले निकै दुख गरेर आफनो बच्चाहरुलाई निजी तथा सामुदायिक विद्यालयमा पढाउने गरेकोले अभिभावकको दुख बिझ्न पनि अनुरोध गरे । बिभिन्न अतिरिक्त क्रियाकलापमा बिजेता भएका विद्यार्थीहरुलाई पुरस्कीत गर्दै अध्यक्ष मिश्रले चाहे जुनसुकै परिस्थितीमा विद्यार्थीहरुले मेहनत गर्न छोडनु नहुने बताए । जति गरिबि भएपनि यसै समाजका विद्यार्थीले एम.बि.बि.एसमा नाम निकाल्न सकेको पनि उदाहारण समेत पेश गरेका थिए । सेण्ट जोन माबि का संयोजक सचितानन्द सिंहको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक तथा पत्रकार राजेन्द्र सिंहले गरेका थिए ।
केहि तस्बिरहरु

Advertisement



















प्रतिक्रिया