वीरगञ्जमा राष्ट्रिय प्याब्सनको २८औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगञ्ज, पुस २८ — राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (NATIONAL PABSAN)वीरगञ्ज समितिको आयोजनामा संगठनको २८औँ राष्ट्रिय स्थापना दिवसको अवसर पारेर घण्टाघरमा भव्य रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

कार्यक्रमका अध्यक्ष NATIONAL PABSAN वीरगञ्जका अध्यक्ष  जियालाल गुप्ता रहनुभएको थियो भने प्रमुख अतिथि NATIONAL PABSAN का केन्द्रीय संस्थापक सदस्य तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामबिनय चौरसिया रहनुभएको थियो। कार्यक्रमका समन्वयकर्ता NATIONAL PABSAN वीरगञ्जका सचिव  शेख अजहर तथा कोषाध्यक्ष प्रमोद साह रहनुभएको थियो।

कार्यक्रममा समाजसेवा र मानवीय उत्तरदायित्वलाई आत्मसात गर्दै जम्मा ७० जनाले रक्तदान गरेका थिए, जसमा ६३ जना पुरुष र ७ जना महिला रक्तदाताहरू सहभागी थिए। कार्यक्रममा सनी दुबे, राकेश यादव, दीपक तुल्स्यान, शौकत अली, हरिन्द्र कुशवाहा, राजेन्द्र आचार्य, श्रीनारायण साह, सोनालाल पटेल लगायत विभिन्न विद्यालय निर्देशक तथा शिक्षाविद्हरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

Advertisement

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामबिनय चौरसियाले राष्ट्रिय प्याब्सनले शिक्षा क्षेत्रसँगै समाजसेवामा पनि निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउँदै यस्ता कार्यक्रमले मानव जीवन जोगाउन ठूलो योगदान पुग्ने उल्लेख गर्नुभयो। अध्यक्ष  जियालाल गुप्ताले रक्तदान जस्तो पवित्र कार्यमा सहभागी सबै रक्तदाताहरू, सहयोगी संस्था तथा स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण सहभागी, स्वयंसेवक तथा सम्बन्धित संघ–संस्थाप्रति आयोजक समितिले आभार व्यक्त गरेको छ।

Advertisement