राप्रपाको निवार्चन परिचालन समिति गठन, संयोजकमा जगरनाथ कुर्मी सचिवमा नेता चन्दन मिश्र

पुस ३० गते पर्सा । राप्रपा पर्साको निवार्चन परिचालन समिति गठन भएको छ ।  प्रदेश प्रमुख भरत प्रसाद गिरीको प्रमुख अतिथ्यतामा वीरगञ्जको पार्टी कार्यालयमा भएको बैठकले नेता जगरनाथ प्रसाद कुर्मीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको हो । समितिको सदस्य सचिवमा संगठन बिभाग प्रमुख चन्दन मिश्र रहेका छन । समितिको सदस्यहरुमा केन्द्रिय सदस्य अंगद ठाकुर,बिना देबि जयसवाल, नन्दु श्रीवास्तव, जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्याय, चारबटै क्षेत्रका क्षेत्रिय अध्यक्षहरु एवम समनुपातिक उम्मेदवार रमिता माया गुप्ता तथा रिंकि यादव, जिल्ला निर्वाचन समितिका संयोजक शम्भु गिरी यसैगरी निर्वाचनका लागि सिफारिस भएका सबै उम्मेदवारहरु समेत सदस्य रहेको पर्सा उपाध्यक्ष तथा प्रवक्ता मनोज कुमार मिश्रले नागरिक खबरलाई जानकारी दिन भयो ।
बैठक राप्रपा पर्सा अध्यक्ष सुमेश्वरनाथ उपाध्यायको अध्यक्षतामा भएको हो ।

Advertisement