मंगलवारबाट फेरि मौसम बदली, बुधवार देशभर फैलिने

काठमाडौँ : मंगलवारबाट फेरि मौसममा बदली हुने भएको छ। उक्त बदली बुधवार देशभर फैलिने र काठमाडौँ उपत्यकालगायत क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।  विभागले आज राति सार्वजनिक गरेको विवरणमा माघ १३ र १४ गते सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको समेत सम्भावना रहेको जनाइएको छ। त्यसको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन भनिएको छ।

Advertisement