सर्लाहीमा गगनले भने- म मधेश परिवारको अंग बन्ने क्रम सुरु भइसक्यो

: नेपाली कांग्रेसका सभापति गगन थापाले आफू चुनाव लड्न मधेश झर्दा आगन्तुकजस्तो देखिए पनि अहिले मधेशी परिवारको अंग बन्ने क्रम सुरु भइसकेको टिप्पणी गरेका छन् । शनिबार सर्लाही-४ रामनगरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् ।

‘म यहाँ आउँदै गर्दाखेरी आगन्तुकजस्तो भएर आएको छु । गाउँ नयाँ, ठाउँ नयाँ, धेरै कुरा नयाँ छ । पहिरन नयाँ, खाना नयाँ,’ सभापति थापाले भने, ‘तर यो मेरो र म यो परिवारको अंग बन्ने क्रम सुरु भइसक्यो । किनकि म त्यो नाता जोड्छु भनेरै आ

Advertisement