नेशनल प्याब्सन T-20 Knockout Cricket Tournament भव्य रूपमा सुरु

: वीरगञ्ज स्थित आदर्शनगर रंगशाला मा आजदेखि नेशनल प्याब्सन T-20 Knockout Cricket Tournament भव्य रूपमा सुरु भएको छ।
कार्यक्रम संयोजक सन्नी दुबे को सभापतित्वमा आयोजित उद्घाटन सत्रमा शिक्षा विकास तथा समन्वय इकाई पर्सा का इकाई प्रमुख मोती प्रसाद भट्टराई प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रम सञ्चालन गूगल एकेडेमी का सञ्चालक नरेश राउत कुर्मी ले गर्नुभएको थियो।
उद्घाटन समारोहमा नेशनल प्याब्सन पर्साका सदस्य विद्यालयहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। उद्घाटन सत्रपछि आज २ खेल सञ्चालन हुनेछन् भने भोलिदेखि फाल्गुन १७ गतेसम्म दैनिक ३ खेल खेलाइने आयोजकले जानकारी गराएका छन्।
सेमीफाइनल तथा फाइनल खेलहरू क्रमशः फाल्गुन २३ र २४ गते आयोजना गरिनेछ। यस सिनियर क्रिकेट प्रतियोगितामा वीरगञ्जका नेशनल प्याब्सन अन्तर्गतका २० माध्यमिक विद्यालयहरूले सहभागिता जनाएका छन्।

Advertisement