कालिकामाई युवा समाज द्वारा लागू औषध विरुद्ध प्रशिक्षण कार्यक्रम सम्पन्न

बिकास पटेल, चैत्र ०४ पर्सा । पर्साको कालिकामाई गाउँपालिका स्थित कालिकामाई युवा समाजले इलाका प्रहरी कार्यालय, पोखरियाको सहकार्यमा आयोजना गरेको “लागू औषध विरुद्ध जनचेतना अभियान” अन्तर्गत प्रशिक्षण कार्यक्रम आज श्री ने.रा.मा.बि., कट्टिबलुवामा सम्पन्न भएकोछ।

युवा समाजका अध्यक्ष आकाश चौरसिया ले हाल अत्यधिक युवा तथा बालबालिकाहरू लागू औषधको लतमा पर्दैगएको हुनाले आफूहरु पहिलो चरणमा पालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको र दोस्रो चरणमा स्थानीय सरकार संग सहकार्य गरी यस अभियानलाई सफल पार्ने योजना राखेको बताउँदै आफ्ना व्यस्त समयका बाउजुद्ध पनि हामीसँग सहकार्य गरी प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएकोमा प्रहरी निरिक्षक प्रदिप पौडेल ज्यू लाई धन्यवाद व्यक्त गर्दै गम्छा तथा सम्मान पात्रका साथ सम्मानित गर्नुभएको थिए।

Advertisement

कार्यक्रमको प्रमुख अतिथी राजमति देवी बरैनिले अहिलेका युवाहरुले लागू औषधको लतमा फसेर आफू सँगै परिवारलाई समेत बर्बाद पार्दैगरेको हुनाले यस्ता कार्यहरू नगर्न आग्रह गर्दै यस अभियानलाई सफल पार्न आफू तत्पर रहेको कुरा व्यक्त गर्नुभएको थियो ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्र.निरिक्षक प्रदिप पौडेलले लागू औषध भनेको के हो,यसका बेफाइदाहरू,यसको लत कसरी लाग्छ,यसलाई नियन्त्रण गर्ने उपायहरू र यस सम्बन्धी कानुनी प्रावधानहरू के के के छन् लगायतका कुराहरू बताउँदै विद्यार्थीहरूलाई प्रशिक्षण दिनुभयो ।

Advertisement

युवा समाजको पहलमा विद्यालयको मूल ढोका अगाडिका पसलेहरुलाई लागू औषध संग सम्बन्धित वस्तुहरू बिक्री वितरण नगर्न चेतावनी दिँदै यदि त्यस्तो गरेको पाइएमा तत्काल कानुनी कार्यवाही गर्न कट्टि, बेस क्याम्पका ASI लागि निर्देशन समेत दिनुभएको छ ।

कालिकामाई युवा समाजको अध्यक्ष आकाश चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक जितेन्द्र राउतले गर्नुभएको थियो भने प्रमुख अतिथि कालिकामाई गाउँपालिका को उपाध्यक्ष राजमति देवी बरैनी,विशिष्ठ अतिथि इलाका प्रहरी कार्यालय,पोखरियाका प्रहरी निरिक्षक प्रदिप पौडेल,अतिथिहरु विद्यालयको प्र. अ इन्द्रदेव कुर्मी, राधाकिसुन प्र.चौरसिया, कट्टी बेस क्याम्प का सहायक प्रहरी निरिक्षक उपेन्द्र यादव,युवा समाजको वरिष्ठ उपाध्यक्ष आकाश महतो,उपाध्यक्ष भरत साह,सदस्यहरू मोहन महतो,रमेश चौरसिया,नितेश कुशवाहा,अशोक साह,जितेन्द्र कुशवाहा लगायतका युवाहरु,शिक्षक शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको युवा समाज का अकाश महतो ले जानकारी दिए ।

Advertisement