अभिलाष गुप्ता
बिरगंज ११ मंसिर बिरगंजको सिडियो अफिसको छेउमा रहेको गेटवे होटेलमा नेपाल ह्याण्डबल संघकाे मधेस प्रदेश समिति गठन गरिएको छ। आज सम्पन्न भेलाले युद्ध प्रसाद बजगाँईकाे अध्यक्षतामा मधेस प्रदेश समिति गठन गरिएको हाे।
सो समितिकाे उपाध्यक्षमा मनोज शाह,सचिवमा सोनु पटेल(अमन पटेल) र कोषाध्यक्षमा सोनी कुमारी सोनल रहेका छन्। भने सदस्यहरुमा मुक्ती नारायण दास थारु र उज्जवल कार्की रुकेश सुयल, एकादशी चौधरी, घनश्याम शाह, रहेका छन्।
नेपाल ह्याण्डबल संघका केन्द्रिय सदस्य तथा मधेस प्रदेश ईन्चार्ज विकाश गिरीकाे अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य मानदेव हजाराकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको भएको थियोे भने सो भेलामा राखेपका मधेस प्रदेश कार्यालयका सहायक प्रमुख पन्नालाल साह,नेपाल भलिबल संघका केन्द्रिय सचिव महमद फिरोज अली,नेपाल ह्याण्डबल संघ पर्साका अध्यक्ष सन्दीप बस्नेत, राजु साह तुरहा लगायतकाहरुकाे पनि उपस्थिति रहेको थियो।



















प्रतिक्रिया