अभिलाष गुप्ता
बिरगंज ११ मंसिर मकवानपुर प्रहरीले मंगलबार गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
मनहरीबाट हेर्टौडातर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ३०५९ नं. को पिकअप गाडीलाई प्रहरीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ तिनताप्केमा जाँच गर्दा ७१ किलो ७ सय ग्राम गाँजासहित राक्सीराङ गाउँपालिका–९ का २० वर्षिय गाडी चालक मिलन ग्लान र गाडीमा सवार २६ वर्षीय दावा थिङलाई पक्राउ गरेको हो । गाँजा गाडीको चालक बस्ने सिट मुनी १३ वटा प्लास्टिकमा प्याक गरेर ल्याइएको थियो ।
लागूऔषध, पिकअप गाडीसहित ग्लान र थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको छ ।



















प्रतिक्रिया