१७ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा नारायणगढका दिनेश राठी अग्रवाल पक्राउ

अभिलाष गुप्ता
बिरगंज १२ मंसिर भरतपुर महानगरपालिकाको चितवन स्थित १७ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा नारायणगढका दिनेश राठी अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।गत मंसिर ७ गते राति सौराहाको एक होटलमा लगेर नाबालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका–३ नारायणगढ बस्ने ५५ वर्षीय अग्रवाललाई प्रहरीले मंसिर ८ गते पक्राउ गरेको हो ।
पक्राउ परेको दिनदेखि लागु हुनेगरी पाँच दिनको म्याद लिएर अग्रवालमाथि अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतोले जानकारी दिए ।
‘१७ वर्षकी बालिकामाथि जबरजस्तीकरणी गरेको मुद्धामा अग्रवालमाथि अनुसन्धान भइरहेको छ । पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौँ’, डिएसपी महतोले भने ।
नारायणगढमा व्यवसाय गर्दै आएका अग्रवालले नाबालिकालाई प्रलोभन देखाएर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Advertisement