छातापिपरामा मजदुरहरु विभिन्न माग सहित आन्दोलित

अभिलाष गुप्ता

वीरगञ्ज,मंसिर १२ छातापिपरामा मजदुरहरु द्वारा विभिन्न मागसहित आन्दोलन सुरू गरेका छन । बिगत पाँच बर्ष देखि बारा जिल्लाको छातापिपरा स्थित “आर्या फर्मा औषधी कम्पनी ” मा दैनिकी ज्यालामा काम गर्ने मजदुरहरुले पारीश्रमिक राम्रो नभएको दिएको नियूक्ती पत्र नदिएको, स्थाईरुपमा नियमित मजदुरहरु काम नगराएको लगायत माग सहितको आन्दोलनमा सुरु गरेका छन। आन्दोलनको क्रममा आज २ जना मजदुरलाई प्रहरीले पक्राउ गरिएको छ।
यसै बिच आज मधेशी ट्रेड युनियन महासंघका मधेस प्रदेश सयोजक गोपिचन्द्र प्रसाद यादवले मजदुरहरुको माग प्रति एक्यवद्धता तथा समर्थन जनाएका छ्न । मजदुरहरुको माग प्रती उद्योगलाई ध्यानाकर्षण सहित यथासिग्र माग सम्बोध गर्न माग गर्नु भयो ।

Advertisement