अभिलाष गुप्ता
बिरगंज १२ मंसिर १७० किलो लागू औषध गाँजा सहित १ महिला र १ पुरूष गरी २ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्र.नि. किसन बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा कोल्हबी नगरपालिका वडा नं. ५ सोनाभार स्थित दिनदयाल चौधरीको घरमा लागू औषध गाँजा लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा निज दिनदयाल चौधरीको घरमा खानतलासी गर्दा रातो रंगको प्लाष्टिकले बेरी राखेको अवस्थामा २१ पोका १७० किलो लागू औषध गाँजा सहित २ जना मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहिको प्रकृया अगाडि बढाईएको छ। पक्राउ पर्नेमा
जिल्ला बारा कोल्हवी न.पा.०५ सोनाभार टोल बस्ने वर्ष ५० को रमोद चौधरी र अर्को निज दिनदयाल चौधरीको श्रीमति वर्ष ५२ कि मनमती देवी चौधरी रहेको बारा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराएका थिए।



















प्रतिक्रिया