वीरगञ्जमा अवैध सुनसहित एक जना पक्राउ।

 

अभिलाष गुप्ता
बिरगंज १२ मंसिर विशेष सूचनाका आधारमा पर्सा प्रहरीले अवैधरूपमा सुन चोरी पैठारीमा संलग्न एक जना पक्राउ गरेको छ। आज दिउसो ३ बजे वीरगञ्ज महानगरपालकिा वडा नं ८ स्थति लिन्क रोडमा सानमिा बैंकको अगाडि शंकास्पद रूपमा आएको निलो मोटरसाइकल ना.६२ प. २७०५० रोकी जाँच गर्दा सुनसहति एक ब्यक्ती पक्राउ परेका हुन्। पक्राउ परेका व्यक्ति वीरगञ्ज वडा नं। १५ भेडयिाही निवासी २८ वर्षीय जय प्रकाश कुमार सोनार हुन्। नजिको शरीर खानतलासी गर्दा कालो जिन्स पाइन्टको खल्तीमा लुकाइएको १०७ ग्राम ८९ मलिग्रिाम सुन फेला परेको प्रहरीले जनाएको छ। सुन परीक्षणका लागि पर्सा सुनचाँदी व्यवसायी संघमा पठाइएको थियो। संघले सुनको बजार मूल्य रु। १३,८८,४३६ रहेको पुष्टि गरेको छ। साथै, सुन बोक्न प्रयोग भएको मोटरसाइकलको मूल्य रु. १,००,००० अनुमान गरिएको छ।
प्रारम्भकि अनुसन्धानमा सुनको खरदि-बिक्रिसम्बन्धी आवश्यक कागजात नभेटिएकाले थप कारवाहीका लागि जय प्रकाश कुमार सोनारलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement