सुन वितरण सिण्डिकेट हटाउन सर्वोच्चको आन्तरिम आदेश।

अभिलाष गुप्ता 

१२ मंसिर,काठमाडौँ । वाणिज्य बैंकहरुले आयात गर्ने सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन सर्वोच्च अदालतले आदेश दिएको छ । सुन वितरणका नाममा सुनचाँदी व्यवसायीसँग सम्बन्धित संघ तथा महासंघले सिन्डिकेट गरेको भन्दै दायर भएको रिटमा सर्वोच्च अदालतले व्यवसायीले सिधै वाणिज्य बैंकमार्फत सुन खरिद गर्न सक्नेगरी आदेश दिएको हो ।

Advertisement

बाणिज्य बैंकहरुले आयात गर्ने सुन वितरढामा सुनचाँदी सँग सम्बन्धित संघ संस्था तथा सुनचाँदी व्यावसायी महासंघले सम्बन्धित संगठनमा आवद्ध भएका व्यावसायीलाई मात्र सुन वितरण गर्नेगरी सिण्डिकेट लगाएको थियो । त्यसको विषयमा रेसखबर डटकम अनलाईनले बारम्बार समाचार प्रकाशित गर्दै आएको थियो ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले नेपाल राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेको स्थितिमा व्यवसायीहरुलाई संग संगठनमा आबद्ध नभएपनि सुन खरिद गर्न नरोक्न राष्ट्र बैंकको नाममा अन्तरिम आदेश दिएको हो ।

Advertisement

यसअघि सुन खरिदका लागि सुनचाँदी व्यवसायी महासंघसहितका संघ महासंघको सदस्यता हुनुपर्ने र नभएको अवस्थामा सुन नै नपाइने अवस्था थियो । संघ महासंघले सुन खरिदका नाममा नियमावलीलाई गलत व्याख्या गरेर सिन्डिकेट लादेको भन्दै श्री रिद्धिसिद्धि ज्वेलर्सको तर्फबाट अख्तियारप्राप्त सागर ढुंगानाले दायर गरेको रिटमा अन्तरिम आदेश जारी भएसँगै अब व्यवसायीले वाणिज्य बैंकबाट आयात भएको सुन सिधै खरिद गर्न पाउने भएका हुन् ।

Advertisement