अभिलाष गुप्ता
बारामा लैंगिक हिंसा विरुद्ध सचेतनामूलक र्याली तथा सडक नाटक प्रर्दशन गरिएको छ । १६ दिने अभियान अन्र्तगत बाराको २ जिल्ला महागढीमाई नगरपालिका र सुवर्ण गाउँपालिकामा जन जागरण युवा क्लब ९ जेजेवाइसी बाराले इस्लामिक रिलिफ वल्र्डवाइडको सहयोगमा रैली तथा सडक नाटक प्रर्दशन गरेको हो ।
हामी सबैको प्रतिबद्धता लैंगिक हिंसा अन्त्यका लागि एक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ र्यलीमा छात्राहरुको सहभागिता रहेको थियो । गाउँपालिकाबाट सुरु भएको रैली गाउँ परिक्रमा पश्चात् पुनः पालिका कार्यालयको प्रांगणमा पुगेर कोणसभामा परिणत भएको थियो ।
Advertisement
कोणसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवले हिंसा अन्त्य गर्ने नै अस्त्र शिक्षा भएको तथा यसको सहि सदुपयोग गर्न हरेक छोरीले हिम्मत राख्नुपर्ने बताए । उनले हिंसाको प्रतिकार गर्न तथा आवश्यक परे न्यायीक समितिलाई सम्झन सुभाव दिए ।
गाउँपालिका उपाध्यक्ष पुनम कुमारी यादवको अध्यक्षता रहेको कार्यक्रममा वडा नं। ३ का वडाध्यक्ष राम क्षेत्री यादव, शिक्षा शाखा प्रमुख कृष्णा कुमारी चौरसीया, सेवा युवा क्लबका अध्यक्ष आमीर खान पठान, शिक्षकशिक्षिक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
Advertisement
यसैबिच महागढीमाई नगरपालिका वडा नं। ८ वेतवना स्थित आधारभूत विद्यालयका बालबालिकाहरुको सहभागितामा सचेतनामूलक र्यली सम्पन्न भएको छ । बालबालिकाहरुलाई गलत छुवाई र सहि छुवाई कस्तो हुन्छ रु हिंसा सहने की भन्ने रु गोपनियताका साथ हिंसा बारे जानकारी गराउन सकिने ठाउँ र माध्यम के हो रु जस्ता विषयमा कोणसभामा बुझाउने प्रयास गरिएको सामुदायिक परिचालक सुरेश यादवले जानकारी गराए ।
१६ दिने अभियान अन्र्तगत हिंसा पिडित वा जोखिमका व्यक्तिलाई आवश्यकतामा आधारित सहयोग वितरण, समूह सचेतीकरण, रेडियो कार्यक्रम तथा प्रचार बजाउने लगायतका कार्यक्रमको योजना रहेको संस्थाले जनाएको छ ।




















प्रतिक्रिया