‘वीरगन्ज विमर्श’ कार्यक्रम सम्पन्न,नागरिक र सञ्चारकर्मीहरु बीचका समन्वय अभावले नागरिकमा मुद्दा हराउदै गएको सरोकारवालाहरुको भनाई
November 27, 2024
Advertisement
अभिलाष गुप्ता
वीरगंज १२ मंसिर हाम्रो अभियान पर्साले पानीटंकी स्थित बीपीसी कलेजमा ‘वीरगन्ज विमर्श’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागी वक्ताहरुले सामाजिक मुद्दाहरुको उठान गर्ने नागरिक समाज र सञ्चारकर्मीहरु एकठाउँमा हुन नसक्दा नागरिकहरुको बोली नै हराएको अवस्था रहेको औंल्याएका थिए ।
नागरिक समाज र सञ्चारकर्मीहरुबीचको समन्वय अभावले नागरिकमा मुद्दा र आवाजहरु हराउदै गएको सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । नागरिकहरुको आवाज बोल्ने नागरिक समाज र सञ्चारक्षेत्रको भूमिका संकुचित हुदै गएकोमा चिन्ता व्यक्त गरिएको हो ।
मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीले नागरिकको लागि गर्ने दायित्व राज्यको हो । राज्यलाई घच्घच्याउने नागरिक समाज र सञ्चारकर्मीहरुले दलीय राजनीति गर्नु हुदैन ।
Advertisement
नैतिक धराधलमा टेकेर पत्रकारिता गरेमात्रै उठान गरिएका मुद्दाहरु बलियो हुने र त्यसलाई सशक्त रुपमा उठाउन नागरिक समाजले गर्ने हो । तर, गलत सूचनाले गर्दा नागरिक समाज र सञ्चारकर्मीहरुबीचको सम्बन्धमा दूरी ल्याउन काम भएको बताए ।
मधेस विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्यले आन्दोलनलाई उठान गर्ने नागरिक समाजले गर्ने र त्यसलाई स्थापित गर्ने काम सञ्चारकर्मीहरुले सशक्त रुपमा उठाएर गर्दा राजनीतिक दलहरु साथमा आउने बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछानेले पत्रकारितामा सामाजिक जवाफदेहिता हुनुपर्ने बताए । पत्रकारितामा सबैभन्दा बढी हुने स्रोत भनेको आलोचनात्मक चेत हो ।
Advertisement
नागरिक समाज सञ्चार मधेस प्रदेशका इञ्चार्ज रोशन झाले नागरिक समाजको परिभाषा अनुसारको काम हुन नसकेको र सञ्चार माध्यमहरुको पनि आफ्नो विश्वसनीयता र व्यावसायिकतामा अभाव हुदै गएको बताउनुभयो । कार्यक्रमको सहजीकरण हाम्रो अभियानका अध्यक्ष शिवनाथ यादवले गर्नुभएको थियो ।
प्रतिक्रिया