अभिलाष गुप्ता
बिरगंज १३ मंसिर आज उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालकी महिला नेतृ रेनु सर्राफ जनमत पार्टीमा प्रवेश गरेकी छिन् । जसपा नेपालको समाजवादी महिला संघको वीरगन्ज महानगर अध्यक्षसमेत रहेकी सर्राफ बिहीबार जनमत पार्टीमा प्रवेश गरेकी हुन् ।
Advertisement
पहिले मधेस आन्दोलनमा सक्रिय भूमीका निर्वाह गरेकी नेतृ सरार्फलाई बिहीबार वीरगन्जस्थित जनमत पार्टीको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओम प्रकाश सर्राफ लगायतका नेताले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का युवा राजु गुप्ता पनि जनमत पार्टीमा प्रवेश गरेका छन् ।
कार्यक्रममा जनमत पार्टी केन्द्रिय सदस्य बिध्यालाल प्रसाद,नेतृ रम्भा मिश्रा, महिला जनमत संघ कि जिल्ला अध्यक्ष अन्जना गुप्ता, केदार पटेल,किसुन देव यादव , युवा नेता राजुराज गिरी ,रेखा सरार्फ लगायतहरुको पनि उपस्थितीरहेको भनी जनमत पार्टी पर्साका अध्यक्ष ओम प्रकाश सर्राफले जानकारी गराएका थिए।



















प्रतिक्रिया