बागेश्वर धाम सरकारको नौ दिने सनातनी एकता पद यात्रा सम्पन्न।

अभिलाष गुप्ता
भारतका चर्चित बागेश्वर धामका पीठाधीश्वर पंडित श्री धीरेन्द्र कृष्ण शास्त्री द्वारा नौ दिने सनातनी हिन्दू एकता पद यात्रा कार्यक्रमको आज समापन भएको छ। आज भारतको ओरछा धाम मा पुगेर एक कार्यकम को आयोजना गरी सम्मान भएको थियो।

जातपात छूआछूत को भेदभाव लाई हटाएर भारत लगायत विश्वका सबै सनातनी हिंदु लाई एकजुट पार्न उद्देश्य को साथ यो पदयात्रा को आयोजना ग़रीएको बागेश्वर धाम सरकारको एक भक्त कन्हैया पटेलले जानकारी दिएका छन। पदयात्रा को पहिलो चारणमा बागेश्वर धाम देखी ओरछा धाम सम्म प्रत्येक दीन करीब बीस किलोमिटर हिडने गरी एक सय साठी किलो मीटरको यात्रा तय ग़रीएको थियो।

Advertisement

भारत, बांग्लादेश देश लगायत विभिन्न देशहरु मा सनातनी हिन्दू माथी भई रहेको घात,दमन , अन्याय,अत्याचार लाई मध्यनजर गर्दे “बटेंगे तो कटेंगे”, जातपात की करो बिदाई हम सब हिन्दू भाई भाई “नारा का साथ सबै सनातनी हिंदुलाई जातपात छूआछूत बाट हटाई एक जुट गर्न यो यात्राको शूआरंभ ग़रीएको थियो।

यस पदयात्रा मा शास्त्री संगै देश विदेश बाट उनका लखौ लाख भक्तजनहरु सहभागी भएका थीए। यात्राका क्रममा बागेश्वर धाम सरकार ले आफनो बचन र उद्देश्य अनुसार जातपात को बिदाई गर्दे विभिन्न गाऊ ठाऊ मा दलित सनातनीहरुलाई स्वागत र भेटघाट गरेका थिए भने उनीहरूले आफनो घर बाट पकाएर लयाएका खाना उनिहरु संगै बाटो मै बसेर खाएका थिए।

Advertisement

यस पदयात्रा लाई सफल र सहज बनाउन भक्जनहरू को लगी हिडन ,खान, बसनको लगी राम्रो व्यवस्थापक ग़रीएको थियो भने स्वस्थ र सुरक्षा को मध्य नजर गर्दे एंबुलेंस,औषधी,डाक्टर,गाड़ी लगायत पुलिस प्रशासन ठुलो मात्र मा तैनात ग़रीएको थियो।

बागेश्वर धाम सरकार भारत का पहिलो धर्म गुरु हुन जसले सनातन माथी भई रहेको अत्याचार दमन को खुला रुपमा विरोध गर्दे भारतलाई हिन्दू राष्ट्रीय बनाउन जोरदार मांग गरेका छन। उनको पद यात्रलाई भारत लागत देश विदेश का विभिन्न धर्म गुरु ,संस्था ,व्यक्ति हरुबाट समर्थन जुडीरहेको छ। यो यात्रामा भारत का चर्चित संत महंत,विभिन्न धर्म का धर्मगुरुहरु, नेतागण, फिल्मी स्टारहरु लगायत लखौ लाख भक्तजनहरु को सहभागिता रहेको थीयो भने नेपाल बाट पनी सनातनी दीदी पूनम यादव लगायत ठुलो संख्यामा भक्जनहरू सहभागिता जनाएका थीए।

Advertisement

आज अंतिम दिन सनातनी एकदा पदयात्रा को समापन गर्ने कर्ममा आयोजक शास्त्री ले भारत लाई बांग्लेश देश हुन बाट बचाउन,जातपात छूआछूत को भेदभाव लाई मिटाएर सभी सनातनी हिन्दू भाई हारुलाई एकजुट पार्न मेरी कुनै कसर बाकी न रहने बताएका छन।मैले बरु अली कथा कम गर्छु तर आफनो देश ,आफनो सनातनी हिन्दू भाई बहिनहरु लाई लभ जिहाद बाट बचाउन ,गौ माता लाई रक्षा गर्न,भारत लाई हिन्दू राष्ट्रीय बनाउन प्रत्येक हिंदुलाई एक जुट पार्न घर घर मा जाने प्रतिबद्धता जाहेर गरे।अन्यतमा यस पदयात्रा लाई विभिन्न माध्य बाट सहयोग गरी सफल बनाईदिने सबै महानुभाव लाई धन्यवाद प्रकट गरे।