अभिलाष गुप्ता
बिरगंज १५ मंसिर बिरगंज महानगरपालिका वडा नम्बर १ छपकैयामा जनमत पार्टीको भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय प्रभावशाली युवा नेता किसोर कुशवाहा र भोला ठाकुरको नेतृत्वमा करिब ८० जना स्थानीय महिला र पुरुषले स्वेच्छाले जनमत पार्टीमा प्रवेश गरेका छन्।
Advertisement
कार्यक्रमको अध्यक्षता युवा नेता राज साहले गरेका थिए भने प्रमुख अतिथि जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ रहेका थिए। कार्यक्रममा केन्द्रीय सदस्य बिध्यालाल प्रसाद, नेतृ रम्भा मिश्रा, वीरगञ्ज महानगर अध्यक्ष महादेव शर्मा, महानगर सचिव सहनवाज राकी, विद्यार्थी जिल्ला अध्यक्ष विवेक झा, नेताहरू बृजकिशोर कलवार र कृष्ण कुशवाहा लगायतको उपस्थिति रहेको थियो।
जनमत पार्टीप्रति स्थानीयहरूको आकर्षण र विश्वासले पार्टी संगठन विस्तारमा थप ऊर्जा मिल्ने पार्टीका नेताहरूले बताएका छन्। उपस्थित अतिथि नेताहरूले नवप्रवेशी सदस्यहरूलाई पार्टी सिद्धान्त र आगामी योजनाबारे जानकारी गराउँदै स्वागत गरे।



















प्रतिक्रिया