कलवार कल्याण समिति बिरगंजको २५ औं वार्षिक साधारण सभा सम्पन्न

अभिलाष गुप्ता
बिरगंज १५ मंसिर बिरगंज महानगरपालिका आदर्शनगर स्थित
कलवार कल्याण समिति बिरगंजको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रम बिधिवत रुपमा पानसमा दिप प्रजवल गरि मुख्य अतिथि इन्जिनियर राम चन्द्र साहले सुरुवात गरेका थिए।त्यस पश्चात् रास्ट्रय गान बजाईएको थियो भने ससाना स्कुलले बाल बालिका द्वारा पन्च कन्या नृत्य गराईएको थियो।सो कार्यक्रममा नेपाल कलवार कल्याण महासंघका अध्यक्ष इन्जिनियर राम चन्द्र साहको प्रमुख आतिथ्यमा एवम् कलवार कल्याण समिति बिरगंजका अध्यक्ष इन्द्र देव साहको अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको थियो। सो कार्यक्रमको विशिष्ट अतिथिमा नेपाल उधोग बाणिज्यसंघ बिरगंजका निबर्तमान अध्यक्ष सुबोध गुप्ता ,नेपाल कलवार कल्याण समितिका निबर्तमान अध्यक्ष कृष्ण कुमार गुप्ता,महेन्द्र चौधरी,हरे कृष्ण जैसवाल,दिनेश प्रसाद गुप्ता,लगायतकाको उपस्थिति रहेको थियो भने स्वागत मन्तव्य सचीव अनिल कुमार गुप्ताले गर्नु भएको थियो एवम् वार्षिक प्रतिबेदन महासचिवले प्रस्तुत गरेका थिए भने आय ब्यय प्रस्तुत कोषाध्यक्षले गरेका थिए।कलवार कल्याण समिति बिरगंजको पदाधिकारी एवम् सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको थियोे। उक्त कार्यक्रममा जेष्ठ नागरिक लाई सम्मान पनि गरिएको थियो। सम्मान हुनेमा कलवार कल्याण समिति बिरगंजका सदस्य राम चन्द्र साह,महेश प्रसाद गुप,पन्ना लाल साह, सन्तोष साह लागएतकाको उपस्तिथि रहेको थियो। कार्यक्रममा विभिन्न संचारकर्मीहरु , बुद्धिजिबीहरु एवम् कलवार सामुदायकाहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

Advertisement