अभिलाष गुप्ता
बिरगंज १५ मंसिर मुद्रण व्यवसायीहरूको भेला आज बिरगंजको गेटवे होटलमा सम्पन्न भएको छ। श्यामसुन्दर पौडेलको अध्यक्षतामा सम्पन्न भेलाले विभिन्न निर्णय गर्दै नयाँ संघको नामाकरण र तदर्थ समिति गठन गरेको छ।
भेलाले संघको नाम पर्सा मुद्रक उद्योग संघ राख्ने निर्णय गरेको छ। साथै, संघको नेतृत्वका लागि १५ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।
तदर्थ समितिको अध्यक्षमा राकेश प्रसाद कुशवाहा,
उपाध्यक्षहरूमा लालबाबु मिश्रा र राजेश प्रसाद गुप्ता,सचिवमा सरोज कुमार जयसवाल,
कोषाध्यक्षमा ललित कुमार साह सदस्यहरूमा
सरोज प्रसाद पटेल ,विकास कुमार जोशी,संजय कुमार साह,पुष्पराज तिमल्सिना,सन्दीप प्रसाद साह कानु,जय शंकर लाल,राजेन्द्र प्रसाद साह,सन्तोष ठाकुर,रबि कुमार कलवार
भेलाका क्रममा मुद्रण व्यवसायको प्रवर्द्धन र व्यवसायीहरूको हकहितको रक्षा गर्ने उद्देश्यले संघलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। सहभागीहरूले संघमार्फत व्यवसायीहरूबीच आपसी सहकार्यलाई प्रोत्साहित गर्ने र सरकारसँग समन्वय गरी व्यवसाय विकासका लागि प्रभावकारी कदम चाल्ने निर्णय गरेका छन्।



















प्रतिक्रिया