सार्वजनिक विदा

अभिलाष गुप्ता
बिरगंज १६ मंसिर । बाराको महागढीमाई नगरपालिकाले ५ दिनको स्थानीय सार्वजनिक विदा दिएको छ ।

महागढीमाई नगरपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै पञ्चवर्षीय गढीमाई मेलाको अवसरमा ५ दिनको लागि स्थानीय सार्वजनिक विदा दिएको जनाएको छ ।

Advertisement

नगरपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृतले विज्ञप्ति जारी गर्दै गढीमाई पञ्चवर्षीय मेला २०८१ लाई सफल तथा व्यवस्थित रुपमा संचालन, व्यवस्थापन गर्नुका साथै गढीमाई क्षेत्रको पर्यटकीय, सास्कृतिक विकास प्रवर्द्धन गर्नको लागि मंसिर २१ गते देखि मंसिर २६ गते सम्म सार्वजनिक बिदा रहेको बताएका छन ।

उक्त विज्ञप्तिमा आवश्यक सेवा बाहेक नगरपालिका कार्यालय, कार्यालय मातहत रहेका वडा कार्यालय, सम्पूर्ण सरकारी कार्यालय, वित्तिय संघ संस्था, शैक्षिक संस्थाहरुमा स्थानीय सार्वजनिक चार्डपर्व विदा दिइएको उल्लेख छ ।

Advertisement