अभिलाष गुप्ता
बिरगंज १६ मंसिर नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा बिरगंज द्वारा कम्बल तथा सैक्षिक सामाग्री एवं स्कुल बैग बितरण गरियो। बिरगंजको छपकैया स्थित नयाँ जीवन बिकास सेवा समाज एवम् बारा प्लसको संयुक्त आयोजनामा तथा ३७ औ बिश्व एडस दिवसको अवसरमा सो सामाग्रीहरु बितरण गरिएको हो। सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा बिरगंजका कार्यालय प्रमुख बिर समसेर कुर्मीले उक्त सामाग्रीहरु दिई सुरुवात गरेका थिए भने नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका उपकोसाध्यक्ष दयाशकर सिंह ,नेपाल रेडक्रस रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ता लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
Advertisement
एचआईभी संक्रमित महिलाहरूको राष्ट्रिय महासंघ को आर्थिक सहयोग ।
वीरगंज महानगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक सुमन चन्द्र ठाकुर, बिजामका सुबोध पौडेल, रामनिवास यादव,सहयात्री समाजका उपेन्द्र साह नयाँ जीवन बिकास सेवा समाजका सन्योजक जवाहर महरा ,निता फाउन्डेसनका दिलिप कुमार खडका,जन स्वास्थ बिरगंजका सुनिल कुमार कुर्मी,जिल्ला स्वास्थ कार्यालय पर्साका बिजय कुमार साह, ए. एच.एफ.की रोशनि सराफ लगएतहरुको पनि उपस्थिति रहेको थियो।सो कार्यक्रममा ५३ जना एडस संक्रमण भएको बालबालिकाहरु लाई कम्बल तथा सैक्षिक सामाग्री एवं स्कुल बैग बितरण गरियो थियोे भने कार्यक्रम सहजीकरण बारा प्लस का कार्यक्रम संयोजक हुसैन अन्सारीले गरेका थिए।



















प्रतिक्रिया