अभिलाष गुप्ता
बिरगंज १६ मंसिर भारतबाट भन्सार छलेर ल्याइएका २१ लाख बराबरका मोबाइलका सामग्री प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण नवलपरासीको टोलीले शनिबार राति बर्दघाट नगरपालिका– ८ स्थित सूर्यपुराबाट उक्त सामग्री बरामद गरेको हो ।
Advertisement
मानिस नबस्ने कच्ची घरमा २८ वटा प्याकमा लुकाई राखेको अवस्थामा विभिन्न ब्राण्डका मोबाइलका टेम्पर ग्लास, कभर, एयर फोन र घडी बरामद भएको गणका एसपी प्रकाश वाग्लेले जानकारी दिए । बरामद भएका सामग्रीमा टेम्पर ग्लास १४ हजार ३०० पिस, कभर ४ हजार ६८०, एयर फोन ४९८ र घडी ३७५ पिस रहेका छन् ।
बेबारिसे अवस्थामा बरामद भएका उक्त सामग्रीको मूल्य २० लाख ८६ हजार कायम गरी महेशपुर भन्सार कार्यालय पठाइएको एसपी वाग्लेले जानकारी दिए।



















प्रतिक्रिया