आज यु–१९ एसिया कप बङ्गलादेशसँग नेपाल पराजित

 

अभिलाष गुप्ता
बिरगंज १६ मंसिर युनाईटेड अरब इमिरेट्स (युएई) जारी यु–१९ एसिया कपमा क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।
आइतबार नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको छ । टस हारेको नेपालले पहिला ब्याटिङ गर्दै बङ्गलादेशलाई १४२ रनको लक्ष्य दिएको थियो । जवाफमा बङ्गलादेशले ५ विकेट गुमाएर २८.२ ओभरमा लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि युवराज खत्रीले चार विकेट लिए पनि नेपालको हार टार्न सकेनन् । उनलाई अन्य बलरले साथ दिएनन् । कप्तान हेमन्त धामीले सुरुमै एक विकेट लिएका थिए । त्यसपछि उनले थप विकेट लिन सकेनन् । यसअघि नेपालका लागि आकाश त्रिपाठीले ४३, उत्तम मगर र अभिषेक तिवारीले २९, २९ रन बनाएका थिए ।
नेपाल पहिलो खेलमा श्रीलङ्कासँग पराजित भएको थियो । नेपालले समूह चरणमा अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ । नेपाल लगातार दुई खेलमा पराजित भएसँगै सेमिफाइनलको सम्भावना पनि सकिएको छ ।

Advertisement