
अभिलाष गुप्ता
बिरगंज १७ मंसिर बिरगंज महानगरपालिका तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर द्वारा स्वच्छ एवं हराभरा सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला पर्सा बि.म.पा.वडा.१३ स्थित गौतम बोर्डिङ्ग स्कुलमा बिरगंज महानगरपालिका पर्सा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर बिरगंज पर्सा र ग्रीन सिटी सामुदायिक सेबा केन्द्र आदर्शनगर बिरगंज पर्साको संयुक्त आयोजनामा बिद्यार्थी भाइ बहिनीहरूलाई सरसफाई तथा हरियाली सम्बन्धि समाजमा परिवर्तन र विकास ल्याउनु छ भने, जरालाई मजबुत पार्नुपर्छ । हाम्रा बालबालिका, किशोर किशोरीहरू देशका भविष्यका जरा नै हुन। बीरगञ्जलाई अझ हराभरा र सफा सुन्दर बनाउनका लागि सानैदेखि नै सरसफाई र हरियालीको महत्व बुझाई यसको बानी बसाल्नका लागि स्कुलमा बिहान असेंबली स्थलमा(प्रार्थना स्थल) मा सरसफाई र हरियालीको महत्व सम्बन्धी जनचेतनामुलक प्रशिक्षण दिईएको थियो।सो कार्यक्रममा ग्रीन सिटी सामुदायिक सेबा केन्द्रका उपाध्यक्ष संजय शर्मा,त्रिलोक चन्द थारूका
ओमान तुलसियान ,चन्द्र अग्रवाल
प्र.ब.ह.बिनोद कुमार.राम, प्र.स.ह.अजिता घिमिरे लगाएतहरु पनि उपस्थित थिए।
सो कार्यक्रम बिरगंज स्थित गौतम स्कुलमा भएको थियो भने उक्त कार्यक्रमको प्रमुख अतिथी बिरगंज महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत एवम् शिक्षा महाशाखाका प्रमुख अर्बिद लाल कर्ण एवम् सरसफाई महाशाखाका सर्फुदिन मिया,जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक रोशन थापा लगाएतकाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। सो कार्यक्रममा विद्यार्थीहरु लाई सम्झाउदै अर्बिद लाल कर्णले भन्नू भो हाम्रो मेयर साहेबले बेला बेलामा भन्नू हुन्छ कि काठमाणडाैमा गए पछी सफा सोचने र बिरगंजमा आएपछी फोहोर सोचने यस्तो फोहोर सोचलाई हाम्रो दिमाग बाट निकाल्नु पर्छ अनि मात्रै हाम्रो बिरगंज फोहोर मुक्त एवम् वैभव बिरगंज बन्ने छ।
Advertisement
गौतम स्कुलका विद्यार्थी भाईबहिनीहरुलाई सरसफाई तथा बोट बिरुवा बारेमा प्रशिक्षण समेत दिईएको थियोे र साथै विभिन्न प्रजातिका बोट बिरुवाहरु रोपिएको थियोे।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिरगंज महानगरपालिका तथा सामुदायिक प्रहरी सेवा केन्द्र ग्रिन सिटिको आयोजनामा बिरगंजको गौतम स्कुलमा सम्पन्न गरेको थियो।सो कार्यक्रम ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। अध्यक्ष जयप्रकाश खेतान एवम् आदर्शनगरमा स्थित ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी तथा आजिवन सदस्यहरुको सहभागीता रहेको थियोे। कार्यक्रममा गौतम स्कुलका विद्यार्थीहरु,शिक्षक शिक्षिकाहरु ,सुरक्षा निकाय , समाज सेवी, नागरिक समाज, संचारकर्मीहरु एवं यस केन्द्रका पदाधिकारीहरु लगायतकाहरुको उल्लेखनीय उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो।



















प्रतिक्रिया