प्रधानमन्त्री सँग बिरगंज उधोग बाणिज्यसंघका अध्यक्ष अनिल अग्रवाल समेत ८७ सदस्यीय टोली चीन प्रस्थान
अभिलाष गुप्ता
बिरगंज १७ मंसिर प्रधानमन्त्री केपी शर्मा ओलीको सँग बिरगंज उधोग बाणिज्यसंघका अध्यक्ष अनिल अग्रवाल समेत चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी भएका छन । ३९ जना सरकारी र ४८ जना नीजि क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी भएका हुन् ।
Advertisement
प्रधानमन्त्री केपी शर्मा ओलीसंगै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालपनि चीन प्रस्थान गरेका छन् । सोमबार प्रधानमन्त्री ओलीसंगै अध्यक्ष अग्रवालपनि चीन प्रस्थान गरेका हुन् ।
मंसिर १७ देखि २० गतेसम्म प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा चिनियाँ उद्योगी, व्यवसायी तथा त्यहाँका उद्योग वाणिज्यसंघसंग द्विपक्षीय व्यापार विस्तारका बारे व्यापक छलफल र संवाद गरिने कार्यक्रम रहेको अध्यक्ष अग्रवालले बताए ।
Advertisement
प्रधानमन्त्री ओलीको चीन भ्रमण टोलीमा आफ्नो सहभागितालाई फलदाली र सार्थक बनाउन त्यहाँका उद्योगी, व्यवसायीहरुसंग पर्सा–बारा लगायत यस क्षेत्रले बोकेको आर्थिक सम्भावना र अवसरका बारे विस्तृत रुपमा जानकारी गराउनेपनि अग्रवालले बताए । त्यस्तै पर्सा–बारा क्षेत्रको कृषि, व्यापार, उद्योग, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ पक्षसंग आग्रहपनि आँफुले गर्ने अध्यक्ष अग्रवालले बताए ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण टोलीमा निजी क्षेत्रबाट अध्यक्ष अग्रवालसंगै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष ज्योत्सना श्रेष्ठलगायत उद्योगी व्यवसायीहरुको समेत सहभागिता रहेको छ ।




















प्रतिक्रिया