बिरगंज कपडा बैंकको बृहत बैठक सम्पन्न

 

अभिलाष गुप्ता
बिरगंज १७ मंसिर बिरगंज कपडा बैंकको बृहत बैठक सम्पन्न भएको छ।घन्टाघर स्थित सामुदायिक आँखा अस्पतालको छेउमा रहेको बिरगंज कपडा बैंकको अफिसमा सम्पन्न भएको बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहले जानकारी गराएका थिए।

Advertisement


गढिमाई मेला लाई मध्यनजर गरि मेला हेर्न गाउँ गाउँ बाट लाखौं लाख भक्तजन एवम् श्र्धालुहरुको लागी यहि आउने २२ गते शनिबारको दिन कलैया स्थित भरत चौकमा बिरगंज कपडा बैंक द्वारा निशुल्क कपडा बितरण कार्यक्रम गर्ने सर्वसहमती बाट निर्णय गरियो।आजको बैठकमा बिरगंज कपडा बैंकका संरक्षक वरिष्ठ अधिवक्ता सुरेन्द्र कुर्मी,प्रकाश उपाध्याय,पन्नालाल गुप्ता, नेपाल पत्रकार महासंघ बिरगंज पर्सा शाखाको उपाध्यक्ष युवराज खडका, बिरगंज कपडा बैंकका रम्भा मिश्रा,मनोज मिश्रा,निला राम,ओम प्रकाश सराफ,अभिलाष गुप्ता,केदार गुप्ता,संजय मन्डल ,सोभा देबि लागाएतहरुको पनि उपस्थिति रहेको थियो।

Advertisement