वरिष्ठ पत्रकार सरोजसिंह खडकाको ६२ वर्षको उमेरमा निधन

अभिलाष गुप्ता
बिरगंज १८ मंसिर । बिरगंजका वरिष्ठ पत्रकार सरोजसिंह खडकाको ६२ वर्षको उमेरमा सोमबार राति निधन भएको छ। वीरगञ्ज महानगरपालिका वडा नं. १३, मुर्लीस्थित नयकाटोलास्थित आफ्नै निवासमा उहाँले अन्तिम सास लिनुभएको हो।

Advertisement

पत्रकारिता क्षेत्रमा लामो समयसम्म आफ्नो कलम चलाउँदै आएका खडका वीरगञ्जका विभिन्न पत्रपत्रिका, एफएम रेडियो र टेलिभिजनमा संलग्न रहँदै आएका थिए। उहाँका दुई छोरा, दुई छोरी र श्रीमती छन्।

खडका केही समयदेखि अस्वस्थ रहनुभएको थियो। नारायणी अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराएपछि उहाँ घरमै उपचार गराइरहनुभएको थियो। उहाँको निधनसँगै पर्सा जिल्लाको सञ्चार क्षेत्रले एक अनुभवी पत्रकार गुमाएको छ।पारिवारिक स्रोतका अनुसार, खड्काको अन्तिम संस्कार आज बिहान वीरगञ्जको अशोकवाटिकास्थित श्मशानघाटमा गरिनेछ।

Advertisement