
अभिलाष गुप्ता
नेपाल पत्रकार महासंघ पर्सा शाखामा आज तालाबन्दी भएको छ । प्रेस चौतारी नेपाल पर्सा,प्रेस मञ्च नेपाल पर्सा र मधेसी पत्रकार समाज पर्साले मंगलबार संयुक्त रुपमा तालाबन्दी गरेको जनाइएको छ ।
काठमाडौंमा सम्पन्न जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेलाले गरेको निर्णय बिपरित नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिले आगामी निर्वाचनका लागि सदस्यता सूची सार्वजनिक गरेकाले सो को विरोधमा पर्सा शाखामा तालाबन्दी गरिएको प्रेस मन्च नेपालका केन्द्रिय उपाध्यक्ष बिरेन्द्र साह हिटरले जानकारी दिनु भयो ।
उपाध्यक्ष साहले केन्द्रले सार्वजनिक गरेको नाम नसच्याए सम्मआफ्नो सगठनले निर्वाचन प्रक्रियामा अबरोध गर्ने बताउनु भयो ।
उनले पत्रकार महासंघको निर्वाचन हुन नदिने चेतावनी पनि दिनु भयो । ताला बन्दी कार्यक्रममा मधेसी पत्रकार समाजका प्रदेश उपाध्याक्ष मनाेज कुमार मिश्र, सदस्य श्याम गुप्ता, पर्सा अध्यक्ष राम जि यादब, प्रेस चौतारी नेपालका अध्यक्ष तुलसी भण्डारी, उपाध्याक्ष राजेन्द्र सिंह, सह सचिव कृष्ण कुशवाहा,राजु बैठा, बलिराम यादवलगायतकाे सहभागीता रहेकाे थियाे ।



















प्रतिक्रिया