
Advertisement
अभिलाष गुप्ता
बिरगंज १९ मंसिर आज बिरगंज वडा नम्बर १८ स्थित रामजान्की मठ भवानीपुरमा आज बुधबारको दिन लायन्स क्लब अफ बीरगंज मिलेनियम द्वारा जाडाेको मौसममा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रमको प्रमुख अतिथी वरिष्ठ एवम् भूत पुर्व जोन चेयरमैन लायन उद्योगपति बीरेंद्र संघई एवं भूत पुर्व डिस्टिकट गवर्नर डी. एन.अग्रवाल, वीरेंद्र साह , अंकिता गुप्ता लगाएतकाहरुको पनि उपस्थिति रहेको थियोे। सो कार्यक्रममा १ हजार थान कम्बल बितरण गरिएको थियोे भने उक्त कम्बलको मुल्य रु. लगभग एक लाख मूल्य बराबरको बितरण गरिएको लायन राधेश्याम खेतानले जानकारी गराएका थिए।
लायंस क्लब बीरगंज मिलेनियमका भूत पुर्व डिस्टिकट गवर्नर डी. एन.अग्रवालको अध्यक्षतामा सम्पन्न भएको थियो।
Advertisement
लायन्स क्लब अफ बीरगंज भूत पुर्व डिस्टिकट गवर्नर डी. एन.अग्रवालका अनुसार गरिब र विपन्न परिवारका सदस्यहरु एवं महिलाहरुलाइ सो कम्बल वितरण गरेको हो। । लायन्स क्लब अफ बीरगंज मिलेनियमले १००० थान कम्बल १ हजार जना घर परिवारको मान्छेहरु दिन दुखी गरिब असहायहरु लाई बितरण गरिएको लायन राधेश्याम खेतानले बताउनु भएको थियो। कार्यक्रममा बुद्धिजीवी, सज्जनवर्ग, गाउँका मानिस,समाजसेबि,सन्चारकर्मी लगाएतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे।




















प्रतिक्रिया