अभिलाष गुप्ता
बिरगंज १९ मंसिर बिरगंज आज बुधबारको दिन भोजपुरी प्रतिष्ठान बिरगंजको नयाँ कार्यसमिति पुर्ण गठन सम्पन्न भएको छ। बिरगंज महानगरपालिकाको वडा नम्बर ८ को वडा कार्यालय समितिको भवनमा सम्पन्न भएको थियोे। भोजपुरी प्रतिष्ठान बीरगन्ज को नयाँ कार्यसमिति गठन भोजपुरी प्रतिष्ठान ऐन २०७६’ अनुसार भोजपुरी प्रतिष्ठान स्थापना भए पश्चात आज पुर्ण भोजपुरी प्रतिष्ठान बीरगन्ज को नयाँ समिति गठन भएको हो। सो कार्यक्रमका प्रमुख अतिथी बिरगंज महानगरपालिका का नगर प्रमुख राजेशमान सिंहको आतिथ्यमा सम्पन्न भएको थियो भने विशिष्ट अतिथिमा बिरगंज महानगरपालिकाको प्रासकिय अधिकृत एवम् शैक्षिक महाशाखाका प्रमुख अर्बिदलाल कर्ण,वडा नम्बर ८ का अध्यक्ष रितेश गुप्ता,भोजपुरी प्रतिष्ठानका सदस्यहरु लगाएतकाहरुको पनि उपस्थिति रहेको थियो।कार्यक्रममा नगर प्रमुख सिंह ‘आफ्नो मातृभाषालाई जगेर्ना गर्ने लक्ष्यका साथ साथै भोजपुरी भाषा लाई विद्यालयहरुमा पनि पढाउने लगायत भाषा र संस्कृति बचे मात्रै पहिचान बच्ने विचार व्यक्त गर्नु भयो वहाले थपनु भयो कि बिरगंज महानगरपालिकाको शैक्षिक महाशाखा बाट सबै बिधालयहरु मार्फत भोजपुरी भासालाई कोर्सको रुपमै पढाउने बिचार ब्यक्त गरेका थियोे। उनको भनाई अनुसार जब सम्म तपाईहरु भोजपुरी प्रतिष्ठान बीरगन्जका सदस्यहरु सक्रियताको साथ अगाडी भढनु हिन्न तब सम्म केही हुने वाला छैन तसर्थ सबै जना एकजुट भई सहकार्य गर्नुहोस म तपाईहरुको लागि जुन बेला पनि म तैयार छु भनेका थिए।
भोजपुरी प्रतिष्ठान वीरगंजको कार्य समिति पुनर्गठन भएको छ । अनिता साहको अध्यक्षतामा सात सदस्यीय समिति पुनगर्ठन भएको हो ।
समितिको सदस्यहरुमा आमोद प्रसाद गुप्ता, सलमा खातुन, सर्वजीत पासवान, मुकेश महतो नुनीया, अमित अग्रवाल र अजय चौरसिया रहेका छन् ।
Advertisement
सल्लाहकारहरुमा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर, भाषा आयोगका सदस्य गोपाल अश्क, वरीष्ठ पत्रकार चन्द्रकिशोर झा, भोजपुरी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एव् वरीष्ठ साहित्यकार दिनेश गुप्ता, वरीष्ठ साहित्यकार प्रमोद पाण्डे रहेका छन् ।
भोजपुरी प्रतिष्ठान वीरगंजका संस्थापक अध्यक्ष एंव साहित्यकार उमाशंकर द्विवेदीको गत २०७९ चैत १७ गते निधन भएपछि प्रतिष्ठानको गतिविधि निष्कृय भएको थियो । महानगर प्रमुख राजेशमान सिंहको प्रयासमा प्रतिष्ठानलाई पुनःसकृय बनाउन नयाँ कार्यसमिति पुनर्गठन गरिएको हो ।



















प्रतिक्रिया