जिल्ला प्रहरी कार्यालय मकवानपुरले झण्डै २ क्विन्टल अबैध लागुऔषध गाँजासहित पर्साका २ जना सहित ४ जनालाई पक्राउ गरेको छ।मकवानपुरको राक्सीराङ गाँउपालिका वडा नं ५ ढुंगुखोलाको बगरमा शंकास्पद रूपमा झोला बोकि हिडिरहेका पर्साका २ जना पर्सागढी नगरपालिका वडा नं ८ बस्ने ४६ वर्षिय देवीलाल सहनी वडा नं १ बस्ने ३२ वर्षिय राम नारायण रामलाई १७ किलो अबैध लागुऔषध गाँजासहित सहित पक्राउ गरेको हो।
Advertisement
पक्राउ परेका दुबै जनामाथि अनुसन्धान गर्न मकवानपुर अदालतबाट प्रहरीले ७ दिनको म्याद लिएको छ।
यस्तै हेटौडा उपमहानगरपालिका वडा नं १५ रातोमाटे स्थित पुर्व पश्चिम राजमार्गमा हेटौडाबाट पथलैया तर्फ आउदै गरेको बा. प्रदेश ०३-००१ च १५८४ नम्बरको पिकअप गाडीलाई रोकी खानतलासी गर्दा १७५ किलो अबैध लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बकैया गाउँपालिका वडा नं ४ बस्ने २४ वर्षिय सुमन लामा र वडा नं ११ बस्ने २४ वर्षिय सुशिल भोलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो।



















प्रतिक्रिया