माईस्थान ईहि समितिको आयोजनामा सामुहिक ईहि बेलबिवाह कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता
बिरगंज २० मंसिर बिरगंज माईस्थान मन्दिर अगाडिको पार्कमा माईस्थान ईहि समितिको आयोजनामा सामुहिक ईहि बेलबिवाह कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा २५ जना नेवार कुलमा जन्मेकी छोरीहरुको सामुहिक बेल बिवाह भएको हो। सो कार्यक्रम माईस्थान ईहि समितिका अध्यक्ष श्याम प्रसाद श्रेष्ठको अध्यक्षतामा एवम् महासचीव सुनिल जोशी,
सचीव सुन्दर श्रेष्ठ,कोषाध्यक्ष आन्नतलाल जोशी,समाज सेवि श्रवणबहादुर रायमाझीको उपस्थितिमा सम्पन्न भएको हो।महासचीव सुनिल जोशीका अनुसार माईस्थान ईहि समितिको स्थापना २०४० सालमा भएको छ हामी स्थापना काल देखि नै नेवार कुलमा जन्मेकी छोरीहरुको सामुहिक बेल बिवाह गराउनेकाम निर्तरता दिदै आएका छौ अनि पछी पनि दिने छौ यो हाम्रो आज सम्पन्न भएको बेल बिवाह ४० औ पटक हो। उनका भनाई अनुसार नेवार कुलमा जन्मेकी छोरीले पहिलो विवाह महिनावारी अघि बेल लाई भगवान विष्णुको प्रतीक मानेर बिवाह गरिन्छ।

Advertisement

सूर्य पूजा र दर्शन मात्रै हुने र कन्यादान नगर्ने भएकाले सूर्यदर्शन विवाह होइन भन्ने धारणा छ । सुवर्ण कुमारसँग विवाह गरिसकेपछि रजस्वला हुनुअघि नै यो बेल बिबाह गरिन्छ।बेल बिवाह भनेको यसको मतलब विवाह हो। नेवार समाजमा यो बढी महत्त्वपूर्ण छ। यो एक प्रकारको विवाह हो। नेवार बाहेक नेपालका अन्य समाजमा यस्तो छैन ।
अर्का समाजसेवी श्रवणबहादुर रायमाझीका अनुसार नेवार कुलमा जन्मेकी छोरीहरु लाई संस्कारीरुपमा संस्कार दिने काम गरिन्छ नेवार सामुदायका ब्यक्तीहरुले मण्डप राखेर बिहे गर्नु पर्दैन भने हाम्रो लक्ष्य भनेको नेवार सामुदायका ब्यक्तीहरु
छरिएर अलगिएका छन उनिहरु लाई एक ठाउमा ल्याउने कार्य
गर्दै छौ।

महासचीव सुनिल जोशीका भनाई अनुसार यो सामुहिक बेलबिवाह मा हामी १ जना संग ३५ सय लिने गरेका छौ भने गरिब, असहाय,निमुखाहरुको लागि निशुल्कको रुपले सहभागी गराएको जानकारी गराउनु भएको थियो। यो सामुहिक बेल बिवाह गराउनको लागि काठमन्डाैमा बाजेलाई बोलाई पुजा गराउने गरिन्छ।

Advertisement