अभिलाष गुप्ता
बिरगंज २० मंसिर रक्सौल प्रहरीले एएलटीएफसँगको संयुक्त अपरेशनमार्फत सीमा नजिकै इनामी अपराधी सहित दुई जना मदिरा तस्करलाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरू भारी मात्रामा नेपाली मदिरासहित काला रङको स्कार्पियो गाडीमा नेपालबाट मदिरा ल्याउँदै गरेका थिए।
Advertisement
पक्राउ परेका व्यक्तिहरूमध्ये ३५ हजार रुपैयाँको इनामी अपराधी रघुनाथपुरका मोहन सहनीका छोरा अमीर सहनी रहेका छन्। यस्तै, अर्को पक्राउ परेका व्यक्ति पश्चिम चम्पारण मझौलियाका बागड सहनीका छोरा देवानन्द सहनी हुन्।
पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको छ। प्रहरीले मदिरा तस्करीविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ।



















प्रतिक्रिया