नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न मन्त्री प्रदीप यादवको निर्देशन

अभिलाष गुप्ता
बिरगंज २० मंसिर खानेपानी मन्त्री प्रदीप यादवले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

खानेपानी मन्त्रालयको आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभागको व्यवस्थापनामा बिहीबार विराटनगरमा आयोजित ‘सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी तीन दिने कार्यशाला गोष्ठी २०८१’को उद्‍घाटनका अवसरमा उनले यस्तो निर्देशन दिएका हुन् ।

Advertisement

जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन, कार्यालयका सूचना तथा गुनासोको प्रभावकारी व्यवस्थापन गराउन, वित्तीय अनुशासन कायम गराउन र बेरुजु फर्छ्यौट र सम्मपरीक्षणका लागि अविलम्ब पेस गरी, जनतालाई सुशासनको प्रत्याभूति दिलाउन अवश्यक छ ।

मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले आयोजनाको दोहोरोपना हटाउने गरी काम गर्न निर्देशन दिए। खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले बेरुजु र भ्रष्टाचार फरक कुरा भएकाले बेरुजु फर्छ्योटका लागि संघीय कार्यालय र प्रदेश डिभिजन कार्यालयको संयुक्त प्रयास आवश्यक रहेको बताए ।

Advertisement

हामीले सकेसम्म बेरुजु नहुने गरी काम गर्नुपर्छ । भएका बेरुजु फरफारक गरी दीगो विकासको लक्ष्य र संविधानले प्रत्याभूत गरे अनुरुपको खानेपानी तथा सरसफाइको सेवा प्रदान गर्नु प्रमुख कर्तव्य हो ।

Advertisement