आगलगी पीड़ितलाई जनमत पार्टी का युवा नेता ब्रजेश्वर चौधरी द्वारा नगद सहयोग।

 

अभिलाष गुप्ता
बिरगंज २१ मंसिर जनमत पार्टी का युवा नेता ब्रजेश्वर चौधरीले परसाको जगरनाथपुर गा पा वा न ५ मसिहानी गाउका एक आगलगी पीड़ित श्रीराम ठाकुर हाजाम लाई राहत सहयोग स्वरूप रु ५ हजार नगद सहयोग गरेका छन।
मंसिर महिनाको ३ गते एक्कासी उनको गोठ मा आगलगी भएक़ो थियो। मच्छर धपाउनको लागी आगो बालिएको घूरबाट आगो लगेका थियो। आगलगी बाट करीब ४ लाख बराबर को छती भएको पीड़ित ठाकुर ले बताए का छन ।

Advertisement

पीड़ित लाइ नेपाल रेडक्रस सोसाइटी बिरगंज बाट केही सर समानहरु उपलब्घ भइ सकेको छ भने गाउ कै स्कुल मा अघ्यनरत केही छात्र छात्राहरु बाट सहयोग स्वरूप २१००/ नगद प्राप्त भएको छ तर यी पीड़ित परिवार लाइ अहिले सम्म गाउपालिका तथा कुनै निकायहरु बाट कुनै पनि सहयोग उपलब्घ नभएको कारण थोरै भए पनि केही सहज होस भनी उदेश्यले चौघरी ले पीड़ित को घर मैं गई नगद रु ५ हजार रुपैया सहयोग गरेको बताएका छन।

Advertisement