अभिलाष गुप्ता
बिरगंज २१ मंसिर आज इस्कॉन बिरगंजले “आफूलाई खोज्नुहोस” भन्ने शीर्षकमा एक महत्वपूर्ण आध्यात्मिक कार्यक्रम सम्पन्न गरेको छ। आज शुक्रबारको दिन बिरगंजको टाउन हलमा आयोजना गरेको कार्यक्रमको उद्घाटन मेयर राजेशमान सिंहले दिप प्रजवलन गरि शुभारम्भ गरेका थिए।
Advertisement
सो कार्यक्रमको प्रमुख अतिथी बिरगंज महानगरपालिकाको नगर प्रमुख मेयर राजेशमान सिंहको आतिथ्यमा सम्पन्न भएको थियो भने विशिष्ट अतिथीमा बिरगंज उधोग बाणिज्य संघका उपाध्यक्ष माधव राजपाल,बिर्ता प्रहरी प्रमुख निरोज चौलागाईं,समाजिक अभियानता प्रकाश थारु,प्रेम बाबू पटेल,सरोज चौधरी,राजन श्रीवास्तव,डा. संजय अग्रवाल,डा.मनोज गुप्ता, डा.अशोक दास,बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं,समाजसेवि दिलिप कार्किको उपस्थिति रहेको थियो।
सो कार्यक्रममा विभिन्न स्कुल,कलेजका बालबालिकाहरु एवम् सामाजसेवीहरु,शिक्षक शिक्षिकाहरु,ब्यापारी वर्ग,विभिन्न जातजातिका मानिसहरुको उल्लेखनीय उपस्थिति रहेको थियो भने संचारकर्मीहरुमा अभिलाष गुप्ता,कन्हैया पटेल लगाएतकाहरु पनि उपस्थित थिए।
Advertisement
सो पवित्र कार्यक्रममा तीनजना विशिष्ट आध्यात्मिक विभूतिहरूबाट दिव्य ज्ञान दिईएको थियो।
सो कार्यक्रमका प्रमुख आध्यात्मिक विभूतिहरू एच. जी. रुपेश्वर गौर दास ,एच. जी. पात्री दास,एच. जी. अमोघ लिला दास रहेका थिए।यी सम्मानित आध्यात्मिक विभूतिहरूको शिक्षाबाट सबैले व्यक्तिगत विकास र आध्यात्मिक उत्थानको अवसर प्राप्त गरेका थिए। मानव जिवनमा आई पर्ने समस्यहरु लाई कसरी निधान गर्ने मानव जिवनमा हामीले गर्ने कार्यहरुको बारेमा प्रकाश पारेका थिए। आजको यस आध्यात्मिक ज्ञानले अवस्य मानिसमा केहि न केही परिवर्तन हुने छ भनी युकेनबाट आएका एच. जी. पात्री दासको भनाई थियो।यस आध्यात्मिक भेलामा बिरगंजवासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
राजेशमान सिंहले इस्कॉन बिरगंजको लागि जमिन दिन वाचा समेत गरेका थिए।सो कार्यक्रममा मुक्तिपद गौरांग दास,आयुष गिरी ओम कुमार झा लगाएतकाहरुको पनि उपस्थित रहेका थिए।आजको कार्यक्रम संचालन दिवेश मानवसेवाले गरेका थिए।




















प्रतिक्रिया