
बिरगंज २२ मंसिर बाराको बरीयारपुरस्थित विश्व प्रसिद्ध महागढीमाई मन्दिरमा भाकल चढाउन भारतको विभिन्न स्थानहरु बाट नेपाल प्रवेश गर्न खोज्ने भक्तजनलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र स्थानीयप्रहरी एवं पशुहरु लाई रोक्न संस्थाले रोक लगाएको छ । रक्सोलका एसएसबीका जवानहरूले बलिका लागि महागढीमाई मन्दिरतर्फ ल्याइएका खसी, बोका, राँगा तथा अन्य पशुपक्षीलाई भारतीय भूभागमै रोकी नियन्त्रणमा लिएका छन् ।अहिले सम्म १४६ वटा पशु र १५ वटा पशुपक्षी परेवा (कबुतर ) लाई नियन्त्रणमा लिई पक्रेर राखिएको छ। उनिहरुको भनाई अनुसार महागढीमाई मेला सकेपछी उनिहरु लाई छाडिने एक भक्तजनले बताएका थिए।
Advertisement
एसएसबीले नियन्त्रणमा लिएका पशुपक्षी भारतीय प्रहरीलाई बुझाइएको जानकारी मेलामा बलि भाखल चढाउन आएका दर्शानार्थीहरूले दिएका छन् । महागढीमाई मेला हेर्न र पूजाआजाका लागि मात्र भक्तजनलाई नेपाल प्रवेश गर्न दिइएको छ भने बलिका लागि ल्याइएका पशुपक्षीलाई रोक्न भारतको सर्वोच्च अदालतको आदेशको पालना गरिएको बताइएको छ ।



















प्रतिक्रिया