सानो पाईला नामक संस्थाले आज आफ्नो १८ औं स्थापन दिवस एवम् ६ ठाै साधारण सभा सम्पन्न

अभिलाष गुप्ता
बिरगंजको सानो पाईला नामक संस्थाले आज आफ्नो १८ औं स्थापन दिवस एवम् ६ ठाै साधारण सभा सम्पन्न भएको छ।कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रम बिरगंज आदर्शनगरको पुरानो बसपार्क स्थित तृसला रेस्टुरेन्टमा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि बिरगंज महानगरपालिकाको नगर प्रमुख मेयर राजेश मान सिंह आतिथ्यमा सम्पन्न भएको थियो भने कार्यक्रमको अध्यक्षता सानो पाईला संस्थाका अध्यक्ष सुदिप कुमार तामाङ लामाको अध्यक्षतामा सम्पन्न भएको थियोे।

Advertisement

यस कार्यक्रमको विशिष्ट अतिथिमा उधोग बाणिज्यसंघ बिरगंजका उपाध्यक्ष माधव राजपाल,पत्रकार महासंघ बिरगंजका उपाध्यक्ष युवराज खडका,पटेर्वा सुगौलीका प्रमुख जसवन्त यादव, दिनेश चौधरी,ममता महतो,ज्ञानदा एकेडमीका राजेन्द्र प्रसाद कोईराला,उधोग बाणिज्यसंघ मधेश प्रदेशका एवम् वरिष्ठ समाज सेवि गणेश लाठ,सानो पाईलाका संस्थापक सदस्य कंचन झा,बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं,सानो पाईला संस्थाका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु,समाजसेवीहरु,उधोगी,ब्यपारीहरु, लगाएतकाहरु पनि उपस्थित रहेका थिए एवम् बिरगंजका विभिन्न मिडियाबाट संचारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
सो कार्यक्रममा सानो पाईलाले गरेका राम्रो नराम्रो कामको बारेमा चर्चा गरिएको थियो। सानो पाईलाले स्थापनाकाल देखि नै समाज बाट लागुऔषध बिरुध एवम् समाजिक कार्यहरु गर्दै आईरहेको छ। बिरगंज महानगरपालिकाको नगर प्रमुख मेयर राजेश मान सिंहका भनाई अनुसार सानो पाईला अब परिपक्क एवम् जवान भैईसकेको छ आउने दिनमा समाज बाट बिकृती तथा बिसङती हटाएको उनको कथन थियोे
कार्यक्रम सहजीकरण संचारकर्मी सुर्यनारायण बिकले गरेका थिए।

Advertisement