जसपा नेपाल वीरगञ्ज महानगरका उपाध्यक्ष नवीन पटेल जसपामा प्रवेश

 

अभिलाष गुप्ता
वीरगञ्ज २२ मंसिर जनता समाजवादी पार्टी (जसपा) नेपाल वीरगञ्ज महानगर समितिका उपाध्यक्ष नवीन पटेल जसपामा प्रवेश गरेका छन् ।पार्टीमा पटेलको प्रवेशसँगै जसपाका नेता तथा कार्यकर्ताबीच उत्साह देखिएको छ । यस अवसरमा जसपाका उपमहासचिव तथा खानेपानी मन्त्री प्रदीप यादवले नवीन पटेललाई औपचारिक रूपमा स्वागत गर्दै पार्टीको सुदृढीकरणमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

Advertisement

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पूर्व प्रदेश सांसद जन्नत अंसारी, र जसपा महानगर अध्यक्ष ईश्वर चन्द्र यादवको उपस्थिति रहेको थियो ।

पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै नेताहरूले नवीन पटेललाई स्वागत गर्दै पार्टीलाई थप सशक्त बनाउन सामूहिक रूपमा क्रियाशील हुन सबैलाई आह्वान गरे ।
नवीन पटेलको जसपा प्रवेशसँगै वीरगञ्ज महानगर क्षेत्रमा पार्टीको संगठनात्मक आधार अझ बलियो हुने विश्वास गरिएको छ ।

Advertisement