
अभिलाष गुप्ता
बिरगंज २२ मंसिर वीरगन्ज कपडा बैंक द्वारा विश्वप्रसिद्ध गढिमाइको पन्चवर्षिय मेलाको अवसरमा निशुल्क कपडा बितरण कार्यक्रम सम्पन्न भएको छ।सो कार्यक्रम बारा कुर्मी सेवा समिति को पन्डाल मेला परिसरमा आयोजना भएको थियोे।सो कार्यक्रममा ४ हजार कपडा बितरण गरिएको वीरगन्ज कपडा बैंकका सचीव कन्हैया पटेलले जानकारी गराएका थिए।सम्पुर्ण दाता, सल्लाहकार ,सन्चारकर्मी ,शुभेच्छुक , पदाधिकारी , सदस्यजनहरु सहभागि भएका थिए।
सो कार्यक्रम वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो भने कोषाध्यक्ष मनोज मिश्राले बताउनु भयो । सो अवसरमा बैंकका संरक्षक सुरेन्द्र कुर्मी ,सल्लाहकारहरु अधिवक्ता पन्नालाल गुप्ता ,केदार गुप्ता ,पवन गुप्ता,सदस्यहरु संजय पटेल ,राजेश पटेल, विशेस्वर पटेल,आकाश पटेल , श्रवन बहादुर रायमाझी,राजेन्द्र भट्टराई जानकी देवि,कर्मचारी शोभादेवि लगाएतकाहरुको पनि सहभागिता रहेको थियो ।



















प्रतिक्रिया