बैशाख २६,कानुन दिवस २०८२को अवसरमा पर्सा जिल्ला अदालतले शुक्रबार विशेष कार्यक्रमको आयोजना गर्दै भव्य रूपमा कानुन दिवस मनाएको छ। कार्यक्रमको मुख्य आकर्षणको रूपमा नव निर्मित ‘न्यायकी देवी’ (Statue of Lady Justice) को मुर्ति अनावरण गरिएको छ, जसले निष्पक्षता, पारदर्शिता र न्यायप्रणालीप्रतिको जनआस्थालाई प्रतिबिम्बित गरेको बताइएको छ।
कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला न्यायाधीश दीपक खनालले गर्दै ‘न्यायकी देवी’को मुर्ति सार्वजनिक रूपमा अनावरण गर्नुभयो। उहाँले न्याय प्रणालीमा निष्पक्षता, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहमा अदालत निरन्तर प्रतिबद्ध रहेको बताउँदै न्यायप्रति श्रद्धा र जनविश्वास बढाउन कानुन दिवस महत्वपूर्ण अवसर हुने उल्लेख गर्नुभयो।
Advertisement
अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले कानुन दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै जनताको मौलिक हकको संरक्षण, कानुनी चेतनाको अभिवृद्धि र सबैका लागि सुलभ न्याय सुनिश्चित गर्न दिवसले महत्वपूर्ण सन्देश दिने बताए। उनले कानुन दिवसलाई औपचारिकता भन्दा पनि कानुनी सुधार र जनसहभागिताको माध्यमका रूपमा लिनुपर्नेमा जोड दिए।




















प्रतिक्रिया